×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललिता निवास प्रकरणः ३ जनालाई पक्राउ नगर्न अदालतको ‘स्टे अर्डर’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ललिता निवास प्रकरणः ३ जनालाई पक्राउ नगर्न अदालतको ‘स्टे अर्डर’

Artha Sarokar

१२ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जनाको नाममा अदालतको ‘स्टे अर्डर’ जारी भएको पाइएको छ ।

२ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको आरोपमा मंगलबार केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीले अदालतबाट ‘पक्राउ नगर्नु÷नगराउनु’ भन्ने स्टे अर्डर लिएर बसेको पाइएको हो ।

कपाली र केसी पनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सरकारी अधिकारी हुन् । हाल उनीहरुलाई म्याद थप गर्ने वा छोड्ने भन्ने विषयमा छलफल चलिरहेको छ । मंगलबार प्रहरीले उक्त प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न बुधबार अदालतमा पेस गरिँदैछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी