×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी पुगेर मन्त्री किराँतीले भने- ‘रामबिना नेपाल र सिताबिना भारत अपूर्ण छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लुम्बिनी पुगेर मन्त्री किराँतीले भने- ‘रामबिना नेपाल र सिताबिना भारत अपूर्ण छ’

Artha Sarokar

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम, भारत र नेपालको परिपुरक भएको बताएका छन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सिताबिना भारत र रामबिना नेपाल अपूर्ण हुने बताएका हुन् । यसकारण पनि दुवै देश एकअर्काको परिपूरक रहेको सन्देश दिएका छन् ।

‘३०० बर्षअघिदेखि दुई देशबीच व्यापार सम्बन्ध थियो । त्यसबेला नेपालबाट भारत निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएको पाइन्छ ।’, मन्त्री किराँतीले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एकआपसमा सम्बन्धित र समान छौँ । हामी राम बेगर अपूर्ण छौँ, भारत सीता बेगर अपूर्ण छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी