×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा पशुपालन र आलु खेती सम्बन्धी तालिम संचालन

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकद्वारा पशुपालन र आलु खेती सम्बन्धी तालिम संचालन

५ असार २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तालिम संचालन गरेको थियो ।

बैंकले अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो ।

२ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो ।

त्यसैगरी, कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरु ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथी अमरगढी ०८ का वडा अध्यक्ष नर बहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो ।

उक्त तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आल्ुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो ।

सिपमुलक तालिमले कृषकहरुमा उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: