×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिएम मेशिन हस्तान्तरण

PRIME CA

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिएम मेशिन हस्तान्तरण

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटिएम प्रदान गरेको छ ।

हाल विद्यालयमा व्यवस्थित शौचालय र Sanitary Pad को व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा Automated Pad Vending Machine प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

बैंकले बुधबार एक कार्यक्रमकाबीच काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटिएम र एक थान pad disposal मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, सिएसआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा प्याड एटिएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: