×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चार पुस्तालाई पुग्ने सम्पति जोड्ने राजनीतिज्ञहरुको प्रवृत्ति परिवर्तन हुनुपर्छ’- पूर्वप्रधानन्यायाधीश कार्की

PRIME CA
GLOBAL IME BANK

‘चार पुस्तालाई पुग्ने सम्पति जोड्ने राजनीतिज्ञहरुको प्रवृत्ति परिवर्तन हुनुपर्छ’- पूर्वप्रधानन्यायाधीश कार्की

३ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले चार पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने प्रवृत्ति राजनितिज्ञले त्याग्नुपर्ने बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले राजनीतिज्ञमा चार पुस्तालाई चाहिने सम्पति जोड्ने प्रवृति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

राजनीतिज्ञमा पनि कमाएर खानुपर्छ भन्ने भावना विकसित हुनुपर्ने कार्कीले बताएकी छिन् । ‘हरकोहि राजनीतिज्ञले काम नै गर्न नपर्ने, आफ्नो रोजगारी बनाउनु नपर्ने हो र ?’, प्रश्न गर्दै उनले भनिन्, ‘राजनीतिमा लागरे जुका जस्तो टाँसियो अनि नमरुन्जेलसम्म सम्पति जोड्नुपर्ने ? चार पुस्तालाई चाहिने सम्पति जोड्नुपर्ने प्रवृतिमा परिवर्तन आउनुपर्छ ।’

त्यस्तै, पूर्व प्रधानन्यायाधीश कार्कीले आगामी आर्थिक वर्षका लागि सरकारले जारी गरेको नयाँ कर नीतिबारे पनि आपत्ति जनाएकी छिन् । खास गरी सरकारले आर्थिक विधेयकमार्फत जनताले बढी उपयोग गर्ने प्याज र आलुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: