काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले नीतिगत भ्रष्टाचार करमा पनि देखिन थालेका टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
बजेटमा करको दर स्थिर हुनुपर्ने भए पनि त्यसो नभएको वाग्लेको भनाई छ । करका दर स्थिर रुपमा राखेको भए राम्रो हुने तर्क गर्दै ‘अन प्रडक्टीभिटी’ र ‘अगेन लास्ट टु इयर’देखि ‘पोलिसी करप्सन’ त्यहाँ पनि देखिन थालेको वाग्लेले बताएका छन् ।
त्यस्तै, उनले अर्थमन्त्रीहरुमा बजेटको आकार बढाउने होड देखिएको बताएका छन् । ‘डा.युवराज खतिवडाको पालामा समय अनुकुल रहे पनी ११ खर्ब १० अर्ब खर्च भएको थियो ।’, उनले भने, ‘खर्च गर्न नसकिने अवस्थामा समेत बजेटको आकार बढाउन प्रतिस्पर्धा देखियो ।’ बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने विषयले बजेटमाथिको विश्वसनीयता घट्दै गएको भन्दै बजेट बढाउन हौसिने क्रम अन्त्य हुन जरुरी रहेको वाग्लेले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्