×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रिटन इन्टरनेशनल कलेजद्वारा फोहोरमैला र वातावरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (फोटो-कथा)

PRIME CA

ट्रिटन इन्टरनेशनल कलेजद्वारा फोहोरमैला र वातावरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (फोटो-कथा)

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ट्रिटन इन्टरनेशनल कलेजद्वारा सरस्वती माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजले मैनादेवी फाउन्डेशनको आयोजना, नेपाल टेलिकमको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा  कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ स्वच्छ वातावरण र हरियाली वातावरण कसरी कायम राख्ने, फोहोरमैलाको प्रभावकारी व्यवस्थापनसम्बन्धि भिडियोमार्फत सचेतनामूलक कार्यक्रम प्रस्तुत गर्दै सो कार्यक्रम सम्पन गरेको हो ।

उक्त कार्यक्रम कलेजका विएसडब्लु संकायका सयोजक चन्द्र देव भट्टको संयोजकत्वमा ट्रिटन इन्टरनेशनल कलेजका बिएसडब्लुका विद्यार्थीहरुले सम्पन्न गरेका हुन् । सो कार्यक्रममा सरस्वतीमाध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत छात्रा र छात्रलाई सो सचेतनामूलक कार्यक्रमा सहभागि गराइएको थियो । सो कार्यक्रमा विद्यार्थीहरुले गित गाएर मनोरञ्जन पनि गरेका थिए । साथै विद्यार्थीहरुलाई ज्ञानबर्दक हुने प्रश्नउत्तर कार्यक्रमको पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: