काठमाडौं । ट्रिटन इन्टरनेशलन कलेजले पशुपति वृद्धाश्रम परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशलन कलेजले मैनादेवी फाउन्डेसनको आयोजना, नेपाल टेलिकमको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । साथै ट्रिटनका विद्यार्थीहरुले त्रिभुवन इन्टरनेशनल एयरपोर्टदेखि पशुपति मन्दिरसम्म र्यालीसमेत निकालेका थिए । र्यालीमा १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
ट्रिटन कलेजले ‘नेपाल टेलिकम क्लिनिङ प्रिमियर लिग २०२३’ अन्तर्गत केहि समय अगाडिदेखि विभिन्न ठाउँहरुमा जनचेतनामूलक कार्यक्रम, सरसफाई कार्यक्रम, सडक नाटक लगाएत कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । कलेजले उक्त लिग अन्तर्गतको ५औं हप्ताको कार्यक्रम सम्पन्न गरिसकेको ट्रिटन कलेजले छैठौं हप्तामा सो वृक्षरोपण कार्यक्रम गरेको हो । विद्यार्थीहरुले पशुपति परिसरभित्र जनचेतनामूल कार्यक्रमको पनि आयोजना गरेका थिए । विद्यार्थीहरुको उक्त कार्यक्रममा आम नागरिकहरुले पनि सहयोग गरेका थिए ।
सो कार्यक्रममा कलेजका शिक्षक, नेपाल टेलिकमका कर्मचारी, ट्रिटन कलेजका बिएसडब्लु र बिबिएस संकयामा अध्ययनरत विद्यार्थीहरु र सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्याथीहरुले ‘धर्ती साच्चिकै हाम्री आमा हुन्’, अब म देखि कहिल्यै पनि मरी आमालाई दुषित नबनाउने र बनाउन पनि नदिने प्रतिबद्ध स्वरुप ४०० बढी हस्ताक्षर संकलन गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्