काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्क बढेको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क बढेको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट बढेर १८५ डलर पुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दुताबासका अनुसार पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम भएको छ भने ई-भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।
भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।