×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ सोमबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ सोमबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

२६ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्युनतम ६० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ, रातो आलु (मुडे) ३८ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ७०, मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०,भटमासकोशा १२०, मटरकोशा १६०,तिते करेला ४०, लौका ६०, परवल लोकल ७०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ५०, भिण्डी ७०, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरीलो १८०, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३३० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप १००, मौसम १८०, अनार ३८०, केरा दर्जनको १३०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी