×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

३१ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा ३०, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ४०, मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ८०, भटमासकोशा १४०, मटरकोशा १८०, तितो करेला ४०, लौका ६०, परवल लोकल ५०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ३०, भिण्डी ५०, स्कूस ४०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०, दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, स्याउ झोले २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी