काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बजेट निर्माणका क्रममा स्वार्थ समुहको संलग्नताबारे प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा खतिवडाले उक्त विषयम प्रश्न उठाएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पुर्वाग्रहले काम गरेको भन्ने कुरा आएको भन्दै पूर्वअर्थमन्त्री खतिवडाले त्यो असत्य होस भन्ने कामना गरे । ‘बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पूर्वाग्रहमा त्यस्तो नगर्नुपर्ने हो ।’, उनले भने, ‘बजेटमा मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन् ।’
त्यस्तै, सुन्दा राम्रो भए पनि आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिने खतिवडाको भनाई छ । योसँगै उनले बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा कुनै सत्यता नभएको समेत स्पष्ट पारेका छन् । पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाइ छ । हेर्दा भन्दा रिजल्टमा राम्रो देखिनुपर्ने भन्दै उनले आफ्नो पालामा बजेटको आकार बढाउनु बाध्यता भएको उल्लेख गरे । योसँगै ६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाइ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्