×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडेको मिठाईं बेच्ने आकाश फुड्सलाई महानगरको कार्वाही

PRIME CA

सडेको मिठाईं बेच्ने आकाश फुड्सलाई महानगरको कार्वाही

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सडेको मिठाई बेचेको भन्दै काठमाडौं महानगरपालिकाले आकाश फुड्सलाई कार्वाही गरेको छ । बजार अनुगमनका क्रममा लाजिम्पाटस्थित आकाश फुड्सले सेवाग्राहीलाई बेच्ने मिठाई सडेगलेको पाइएपछि महानगरले कार्वाही गरेको हो ।

वडा नम्बर २ स्थित उक्त आकाश फुड्सले बेच्ने गरेको मिठाई सडेगलेको र ढुसी परेको मिठाईं तथा किरा परेको अन्य खाद्य सामग्री बिक्रीवितरण गरेको महानगरको बजार अनुगमन समितिले जनाएको छ । महानगरका अनुसार उक्त फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

आकाश फुड्सका सञ्चालक अंकुर अग्रवाल हुन् ।

यसो त काठमाडौं महानरपालिकाले अहिले महानगरभित्र बजार अनुगमनलाई तिव्रता दिएको छ । अधिकांश पसलहरुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने, म्याद गुज्रिएका खाध्य पदार्थ बेच्ने गरेको गुनासो पछि महानगरले बजार अनुगमनमा तिव्रता दिएको हो । यसअघि महानगरले अखाध्य वस्तु बेच्ने केक पसललाई कार्वाही गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: