Skip to content
LAXMI SUNRISE BANK

अभियान लघुवित्तको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्थाको तेश्रो वार्षिक साधारणसभा असार २८ गते संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साथै सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइ लाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको जनाएको छ । चालु आर्थिक वर्षमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK