काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला लम्जुङ दोर्दी गाउँपालिका वडा नं. १ भार्ते घर भई हाल काठमाडौं जिल्ला बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय सुजन अधिकारी पक्राउ परेका हुन् ।
उनले नुमा के.सीलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु, अमेरिका जान प्रतिव्यक्ति २० लाख लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु भन्दै विश्वास दिलाई प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । उनले पिडितबाट पटकपटक गरी २० लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई सोह्रखुट्टेबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्