×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च, मूल्य वृद्धि ९% माथि !

PRIME CA
GLOBAL IME BANK

अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च, मूल्य वृद्धि ९% माथि !

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक अमेरिकी केन्द्रीय बैंकले २५ आधार अंक (०.२५ प्रतिशत बिन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ ।

सन् २०२२ यता एघार पटक ब्याजदर बढाएको फेडरल रिजर्भले सेप्टेम्बरमा थप ब्याजदर बढाउनसक्ने संकेत देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

हाल फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताएका छन् । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो । मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने संकेत देखिएको छ ।

बढ्दो ब्याजदरले ऋणको माग घटाउने र बचतलाई प्रोत्साहन गर्ने अपेक्षा फेडको रहेको छ । ब्याजदर वृद्धिका बाबजुद पनि अमेरिकाको अर्थतन्त्रको प्रदर्शन अपेक्षा गरेभन्दा राम्रो रहेको जनाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: