×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाख्रा पाल्ने १ सय ९१ जनालाई ४४ लाख अनुदान वितरण

PRIME CA
GLOBAL IME BANK

बाख्रा पाल्ने १ सय ९१ जनालाई ४४ लाख अनुदान वितरण

९ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई रु ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।

पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई रु छ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई रु सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई रु १० लाख रकम प्रदान गरिएको छ । यसैगरी वडा नं २४ का ३७ जनालाई रु आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई रु चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई रु सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले रकम प्रदान गरेका हुन् ।

वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।

सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गरे । ‘महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनुपर्दछ ।’, उनले भने, ‘आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ ।’ कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकलाई अनुरोध गरेका छन् । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताएका छन् ।

पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताएका छन् । बाख्रापालनप्रति कृषकले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उनको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: