काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिन वा व्यक्ति कसको संलग्नता हो ? भन्ने बारेमा छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्यले पूर्ण सहयोग गर्ने बताएका हुन् ।
‘यो प्रकरणपछि केही कर्मचारीहरु निलम्बन भईसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।’, अर्थमन्त्री महतले भने, ‘स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्य र अर्थ मन्त्रालयले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ ।’
त्यस्तै, अर्थमन्त्री डा.महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । विमानस्थलको अनुगमनपछि आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन समेत मन्त्री महतले आग्रह गरेका छन् ।
‘अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ ।’, उनले भने, ‘विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिनुभएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्