Skip to content
LAXMI SUNRISE BANK

‘अहिलेकै राजस्वले राज्यलाई पुग्दैन, राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ट भएर लाग्नुपर्छ’- अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा.महतले यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने अवस्था हरेको बताएका छन् ।

‘सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न आग्रह गर्छु । कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन । जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’, अर्थमन्त्री डा.महतले भने, ‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ ।’

अर्थमन्त्री डा.महतले हाल संकलन भईरहेको राजस्वको हिस्सा राज्य सञ्चालनका लागि अपुग हुने बताएका छन् । ‘अहिले राजस्वको हिस्साले हामीलाई पुग्दैन । राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ ।’, अर्थमन्त्री डा.महतले भने, ‘हाम्रो तलब-भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’

त्यस्तै, उनले राजस्वको दायरा बढाउँछौं भनेर मात्रै नबढ्ने बरु अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको बताएका छन् । भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा राज्य र सम्बन्धित संयन्त्रहरुले गम्भीर भएर ध्यान दिनुपर्ने अर्थमन्त्रीको भनाई रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK