×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादनको हबका रुपमा विकास गर्न सकिन्छ’- अर्थमन्त्री डा.महत

PRIME CA
GLOBAL IME BANK

‘नेपाललाई चार्टर्ड एकाउन्टेन्ट उत्पादनको हबका रुपमा विकास गर्न सकिन्छ’- अर्थमन्त्री डा.महत

६ श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले नै गर्नुपर्ने बताएका छन् । काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले अत्यावश्यक क्षेत्रलाई ध्यान दिने तर अन्य क्षेत्रमा निजि क्षेत्रले नेतृत्व लिनु पर्ने बताए । निजि क्षेत्रको उत्पादनलाई एक तहको सुरक्षा दिने सरकारी नीति रहेको अर्थमन्त्री डा.महतको भनाई छ ।

‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ ।’, अर्थमन्त्री महतले भने, ‘जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ । सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’

आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै मन्त्री डा. महतले नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजाने विश्वास व्यक्त गर्दै पुरस्कृत विभिन्न संघसंस्थालाई बधाई पनि दिएका छन् ।

‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो ।’, उनले भने, ‘जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’ त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: