×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ट्रेलियाको केन्द्रीय बैंक पहिलो पटक महिलाको हातमा !

PRIME CA
GLOBAL IME BANK

अस्ट्रेलियाको केन्द्रीय बैंक पहिलो पटक महिलाको हातमा !

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकको गभर्नरमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । रिजर्भ बैंक अफ अष्ट्रेलियामा पहिलो पटक मिसेल बुलकलाई गभर्नरको जिम्मेवारी दिइएको हो ।

सात वर्षको कार्यकालको समाप्तीपछि गभर्नर फिलिप लोइको ठाउँमा मिसेल आउन लागेकी हुन् । अस्ट्रेलियाको केन्द्रीय बैंकमा स्थापना कालदेखि नै गभर्नरको जिम्मेवारी महिलालाई दिइएको थिएन । तर, सन् १९६० पछि अहिले पहिलो पटक केन्द्रीय बैंकको जिम्मेवारी मिसेललाई दिन लागिएको हो ।

हाल मुल्य वृद्धि र आर्थिक संकटको सामना गरिरहेकै बेला गभर्नरको जिम्मेवारी मिसेलले सम्हाल्ने भएकी छिन् । गभर्नरमा नियुक्त हुने भएसँगै मिसेलले अस्ट्रेलियामा देखिएको आर्थिक संकट समाधानका लागि भरपूर प्रयास गर्ने बताएकी छिन् । योसँगै उनले कार्य सम्पादनका लागि रिजर्भ बैंक अफ अस्ट्रेलियाको कार्यकारी समूह र बोर्डको सहयोग पाउनेमा विश्वास व्यक्त गरेकी छिन् ।

हाल बैंककी डेपुटी गभर्नर रहेकी मिसेलले आगामी सेप्टेम्बरदेखि आफ्नो गभर्नरको जिम्मेवारी सम्हाल्नेछिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: