×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाईन जुवा प्रकरणः अदालतको आदेशपछि बल्छी ध्रुवेसहितका कलाकार ५ हजार रुपैयाँ धरौटी दिएर छुटे !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अनलाईन जुवा प्रकरणः अदालतको आदेशपछि बल्छी ध्रुवेसहितका कलाकार ५ हजार रुपैयाँ धरौटी दिएर छुटे !

Artha Sarokar

२८ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा बज्रित अनलाईन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को विज्ञापन गरेको भन्दै पक्राउ परेका बल्छि ध्रुवेसहितका करलाकारलाई ५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको यस्तो आदेशसँगै उनीहरु धरौटी तिरेर छुटेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी