काठमाडौं । स्वीजरल्याण्डमा हुने ‘स्वीस पर्यटन अवार्ड’का लागि काठमाडौं महानगरपालिका छनौटमा परेको छ । सन् ‘स्वीस पर्यटन अवार्ड’ २०२३ को संस्करणका लागि नोमेम्बर ३ देखि ५ गतेसम्म हुने कार्यक्रममा महानगरलाई छनोट गरिएको हो ।
छनौटमा परेसँगै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । अवार्ड कमिटीले मेयर शाहलाई लेखेको पत्रमा ‘स्वीस पर्यटन अवार्ड २०२३’का लागि काठमाडौं महानगरपालिकालाई छनौट गरिएको उल्लेख गरिएको छ ।
अवार्ड समितिले काठमाडौंको सांस्कृतिक इतिहास, धार्मिक सम्पदा र जीवन्त शहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने उल्लेख गरेको छ । नोमेम्बरमा हुने अवार्ड कार्यक्रम स्वीजरल्याण्डको लुगानो शहरमा हुने अवार्ड समितिले जनाएको छ । स्वीस पर्यटन अवार्ड विगत १५ वर्षदेखि भइरहेको अवार्ड हो । यो अवार्डका लागि विभिन्न स्थानीय तह, नगरपालिका वा महानगरपालिकाले आवेदन दिन सक्छन् । तत्पश्चात भने परेका आवेदनहरुबाट छनोट गरेर निश्चित संख्यामा शहर वा नगरपालिकालाई नोमिनेसन गर्ने गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्