×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका विद्यालयमा बालेनको एक्सनः व्यवस्थापन समिति भङ्ग, वडाध्यक्ष नै समितिको अध्यक्ष हुने !

GLOBAL IME BANK

काठमाडौंका विद्यालयमा बालेनको एक्सनः व्यवस्थापन समिति भङ्ग, वडाध्यक्ष नै समितिको अध्यक्ष हुने !

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महागरपालिकाले आफूमातहतका सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगरसभा बैठकले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति भङ्ग गरी समिति अध्यक्षको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षलाई दिने निर्णय गरेको हो ।

नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुनेछ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन् ।

यद्यपी नगर सभाले पारित गरेको उक्त निर्णय हालसम्म प्रमाणिकरण भने भईसकेको छैन । नगर सभाबाट पारित भएको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणिकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुनेछ ।

सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने महानगरको उक्त निर्णयप्रति सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरुले भने असन्तुष्टी जनाउँदै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: