×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन साह ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ को सञ्चालक समितिमा निर्वाचित, दुई वर्षे कार्यकाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालेन साह ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ को सञ्चालक समितिमा निर्वाचित, दुई वर्षे कार्यकाल !

Artha Sarokar

१७ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ को सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

आइतबार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर शाहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ ।  मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशा निर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी