काठमाडौँ । बालेन शाह मेयर भएपछि सुशासनमा निकै कडा देखिएको काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाउने एक जनालाई ठाउँको ठाउँ ५० हजार जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्की ढलमा मिसाएपछि महानगरले ठाउँको ठाउँ ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको हो ।
पछिल्लो समय सडकमा फोहोर फाल्ने लगायत महानगरको नियम मिचेर काम गर्नेहरुलाई महानगरले जरिवाना तिराउँदै आएको छ । केहि समय अघि महानगरले राती सडकमा फोहोर फाल्नेलाई पनि जरिवाना गराएको थियो । स्थानीयले गरेको उजुरीपछि एक्सनमा उत्रिएको महानगरले यसरी सेफ्टी ट्यांकी ढलमा मिसाउनेलाई ठाउँको ठाउँ जरिवाना तिराएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्