काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चितवन जिल्ला भरतपुर महानगरपालिका साविक वडा नं.२ हाल वडा नं. १४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१० नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेल पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले साउन १० गते महाराजगंजबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाईएको प्रहरीले जनाएको छ ।