Skip to content
LAXMI SUNRISE BANK

हवाई भाडा घट्यो (भाडादरसहित)

अर्थ सरोकार

काठमाडौं । इन्धनको भाडा घटेसँगै हवाई भाडा पुनः घटेको छ । मंगलबारदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएसँगै हवाई भाडा पनि घटेको हो ।

मंगलबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटेको जनाएको छ । योसँगै आन्तरिक गन्तव्यतर्फ न्यूनतम रु.६० देखि रु.७ सय ५० सम्म भाडादर घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि चैत २१ गते पनि हवाई भाडा घटाएको थियो ।

यसअघि १५० रुपैयाँ रहेको हवाई इन्धन (आन्तरिक)को मूल्य १३६ रुपैयाँ कायम भएको छ । यस्तो छ हवाई भाडाको नयाँ सूचीः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK