काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वडाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्तास्वरुप पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।
वडामा जनसंख्या निरन्तर कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्नका लागि यस्तो निर्णय गरिएको वडा अध्यक्ष चिरञ्जिवी पोखरेलले बताएका छन् । पोखरेलका अनुसार तीन सन्तान जन्माएर जन्मदर्ता गराउन आउने आमाबुवाले वडाबाट पाँच हजार रुपैयाँ पाउनेछन् । वडा कार्यालयले गरेको उक्त निर्णय साउन महिनादेखि लागू हुनेछ ।
उक्त कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८० ८१ मा १२ जनाको लागि ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए । ‘पछिल्लो समय वडाको जनसंख्या निरन्तर घट्दो छ । जनसंख्या घटेकै कारण गाउँका खेतबारी बाँझै छन् ।’, अध्यक्ष पोखरेलले भने, ‘जनसंख्यासँगै दक्ष जनशक्तिको अभाव हुँदै गएपछि सन्तान उत्पादनमा जोड दिने गरी कार्यक्रमको घोषणा गरिएको हो ।’
राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर, जनगणना २०७८ अनुसार वडा नम्बर १ मा ३ सय जना जनसंख्या घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्