काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन शाहले जिल्ला अदालत काठमाडौंमा हालेको मुद्धा हारेका छन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दामा साम्राज्ञीको पक्षमा फैसला गरेको हो ।
केसीले दिएको उक्त मुद्धामा दाबी नपुग्ने अदालतको फैसलामा उल्लेख छ । यसअघि अभिनेत्री शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली–बेइज्जती मुद्दा हालेका थिए । सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो ।
साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन् । उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्