काठमाडौं । चिनियाँ राजदूतलाई देश निकालाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार राष्ट्रिय एकता अभियानले चीनियाँ राजदुत छोन सङको अभिव्यक्तिको विरोध गर्दै काठमाडौंको माईतीघर मा प्रदर्शन गरेको हो ।
नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र अनुदानमा निर्माण गरेको बताईरहँदा राजदुत सङले पटक–पटक विआरआई परियोजनासँग जोडेर उक्त विमानस्थललाई बदनाम गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो । अभियानका अध्यक्ष विनय यादवले नेतृत्व गरेको प्रदर्शनमा हिन्दी अभियानी रमन पाण्डेय, अभियानका वरिष्ठ नेता एबं संबिधान सभा सदस्य बिपी यादवलगायतको पनि सहभागिता रहेको थियो ।
प्रदर्शनपछि आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष विनय यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भईरहेको गलत प्रचार रोक्न माग गरेका थिए । पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको स्मरण गर्दै उनले राजदूतको भनाइ र त्यसको दिर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढाएको बताएका छन् ।
त्यस्तै, हिन्दी अभियानी रमन पाण्डेयले चीनले कम्युनिस्ट नेताहरुको सहयोग र कमीशनमा बीआरआईको ऋण जालमा नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् । अनुदानमा बनेको पोखरा अतराष्ट्रिय विमानस्थललाई बिआरआई अन्तर्गत हो भन्दै प्रचार गर्नु चीनको बिस्तारवादी योजना रहेको पाण्डेयले बताएका छन् । यसअघि अभियानले राजदुत सङलाई स्पष्टिकरण सोध्न माग गर्दै परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
‘ड्रागन बोट रेस’मा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका नेपालका लागि चीनियाँ राजदूतले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको बताए’, ज्ञापन पत्रमा भनिएको छ, ‘तर, पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको थियो । राजदूतको भनाइ र त्यसको दिर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढाएको छ ।’
‘कुन आधारमा राजदूतले यस्तो दाबी गरे र यो नेपाल सरकारको आधिकारिक अडानसँग मेल खान्छ कि खादैन भन्ने यकिन गर्न आवश्यक छ’ अध्यक्ष यादवले पत्रमा भनेका थिए–‘यस विषयमा सोधिएको स्पष्टीकरणले मात्र सबै खाले भम्रलाई चिर्न र हाम्रा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्नेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्