काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५ (मार्केट सेक्युरिटिज)लाई कार्वाही गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनको पालना नगरेको भन्दै बोर्डले मार्केट सेक्युरिटिजलाई कार्वाही गरेको हो ।
कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०६१ को दफा १८ (१)को व्यवस्थाको परिपालन नगरेको भन्दै कार्वाही स्वरुप १० लाख जरिवाना गरेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ब्रोकर कम्पनीहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन अनुसार सम्पादन गरेका कार्यहरुको अर्ध वार्षिक प्रतिवेदन उक्त अवधि व्यतित भउको १५ दिनभित्र बोर्डमा पेश गर्नुपर्छ । तर, मार्केट सेक्युरिटिज प्रालीले उक्त प्रतिवेदन बोर्डमा नबुझाएपछि कार्वाही गरिएको बोर्डले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्