×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजि नेटले ल्यायो ‘आरआरआर’ अफर, रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट प्रयोग गर्न पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिजि नेटले ल्यायो ‘आरआरआर’ अफर, रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट प्रयोग गर्न पाउने

Artha Sarokar

१० श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  सिजि नेटले आरआरआर (Refer, Redeem, Repeat) नामक उत्कृष्ट अफर ल्याएको छ । जस अन्तर्गत सिजि नेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् ।

साथै, अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ । आरआरआर अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने कम्पनीले जनाएको छ ।

सिजिनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ताले भने ‘हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई RRR अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं ।’

RRR अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा सिजिनेटले  प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि Leadership board लागू गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो-च्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

लिडरशिप बोर्डले RRR अफरको मैत्री प्रतिस्पर्धालाई सुनिश्चित गर्दछ र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ । ४५ दिनसम्म चल्ने यस RRR अफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सिजिनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउनलाई हौसाउने कम्पनीको विश्वास छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी