Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिमा राष्ट्र बैंकलाई दवाबमा राख्न निजी क्षेत्र एक हुन्छः चन्द्र ढकाल

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको सम्बन्धमा राष्ट्र बैंकलाई दवाबमा राख्न निजी क्षेत्र एक हुने बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्श तथा नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा उनले मौद्रिक नीतिमा निजी संघ एक भएर उभिने बताएका हुन् ।

‘हामीले राष्ट्र बैंकलाई विभिन्न समयमा सुझाव दिदै आएका छौं, यो हाम्रो पहिलो सुरुवात होइन । आउने दिनमा पनि चाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझाव दिने कुरामा किन नहोस हामी आवाजमा राष्ट्र बैंकलाई दवाबमा राख्छौँ ।’, उनले भने, ‘यसमा चेम्बर, सिएनआई र एफएनसीसीआई एक भएर अगाडि बढ्नेछ ।’

त्यस्तै, ढकालले राष्ट्र बैंकले वर्किङ क्यापिटल गाइडलाइन बैंकहरूलाई नै नियमन गर्न दिनु पर्ने धारणा राखेका ढकालले मौद्रिक नीति, बजेट लगायतका विभिन्न कुरामा राष्ट्र बैंकलाई तीनै, संघ एकीकृत भएर आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK