काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
ढकालले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताएका छन् । ‘गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ ।’, उनले भने, ‘यो नीतिले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिँदैन ।’,
निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको ढकालको भनाई रहेको छ । ढकालले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भए पनि निजी क्षेत्रका अपेक्षा अनुसार मौद्रिक नीति नआएको भन्दै गुनासो गरेका छन् ।
‘निजी क्षेत्रका तर्फबाट हामिले मौद्रिक नीतिका लागि विभिन्न सुझावहरु दिएका थियौँ । तर, मौद्रिक नीतिमा हामीले गरेका अपेक्षा सम्बोधन भएन ।’, अध्यक्ष ढकालले भने, ‘मौद्रिक नीतिमा चालुपुँजी कर्जा मार्ग निर्देशनमा पुनारावलोकन गर्ने र जोखिम भारका कुराहरु आएका छन् । तर, समग्र देशको अर्थतन्त्र चलायमान हुनेमा दुविधा छ । नीजि क्षेत्रले चाहे अनुसार र दिइएका अपेक्षाहरु सम्बोधन नुहँदा निराश छौँ ।’
त्यस्तै, अध्यक्ष ढकालले मौद्रिक नीति आए पनि निर्देशनहरु आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर निर्देशन जारी गर्न माग गरेका छन् । उनले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताएका छन् । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी सिर्जना र राजश्व संकलन बढ्ने गरी दिएको ढकालको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्