काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखेका थिए ।
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुभकामना दिँदै अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए । ‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्वा हुन । आफै सक्षम पनि छन् । तपाईहरू आफना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ’, अध्यक्ष ढकालले भने ‘तपाईहरूका इस्यूका साथमा महासंघपनिसँगै गयो भने हाम्रो एकता अझबढी मजुवुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’
त्यस्तै, सदस्यहरूको समस्या समाधानमा महासंघले सदैव साथमा रहेर सहयोग गर्ने अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गरेका थिए । सो कार्यक्रममा उनले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीहरुलाई सम्मान सहित बधाई दिएका थिए ।
कार्यक्रमलाई संवोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्