काठमाडौं । १ क्विन्टल सुन प्रकरणपछि चिनियाँ गिरोह समात्न नेपाल प्रहरीले सक्रियता बढाएको छ । तस्करीको मुख्य नाइके नै चिनियाँ नागरिक रहेको पाइएपछि नेपाल प्रहरीले काठमाडौंमा विशेष अपरेशन ‘लन्च’ गर्दै गिरोह समात्न सक्रियता देखाएको हो ।
यसो त प्रहरीले गत सोमबार नेपालमा बसेर ठगी धन्दा चलाउँदै आएका १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । तर, पक्राउ पुर्नपर्ने जतिलाई समात्न नसकेपछि हाल चिनियाँ गिरोहविरुद्ध फितलो अपरेशन भएको भन्दै यसको आलोचना भएको छ । प्रहरी स्रोतका अनुसार नेपालमा बसेर ठगी गर्दै आएका करिब ३ हजार चिनियाँ नागरिक पक्राउ पर्नुपर्ने थियो । तर, फितलो अपरेशनकै परिणाम प्रहरीले १ सय २२ जनलाई मात्रै पक्राउ गर्न सफल भएको छ ।
नेपाल प्रहरीको उक्त अपरेशन त्यतिबेला झनै फितलो साबित भयो जतिबेला प्रहरीले झण्डै २०० जना चिनियाँ नागरिक बस्छन् भनिएको घर रित्तिएपछि छापा मार्यो । प्रहरी स्रोतका अनुसार काठमाडौंको मनमैजुस्थित ७ तले घरमा करिब २०० जना चिनियाँ नागरिक बस्छन् भन्ने प्रहरीले सूचना पाएको थियो ।
अपरेशन सुरु गर्नुअघि चिनियाँ गिरोहको मुख्य अफिसमध्येको उक्त घर बाहिर सादा पोसाकका प्रहरी खटिएका थिए । तर, जब प्रहरीले दिउँसो साढे १ बजे घरमा छापा मार्यो उक्त घर रित्तो भईसकेको थियो । यद्यपी प्रहरीले यो हालसम्मकै ठूलो र सफल अपरेशन भएको दाबी गरेको छ । ‘काठमाडौं उपत्यकामा करिब ७० घरमा छापा मार्ने योजना थियो । जहाँबाट करिब ३ हजारको हाराहारीमा चिनियाँ नागरिक पक्राउ पर्ने अनुमान थियो ।’, प्रहरी स्रातले भन्यो, ‘हालसम्म १ सय २२ जनालाई मात्रै पक्राउ गर्न सफल भएका छौँ । अधिकांश फरार छन् ।’
नेपालमा बसेर चीनका विभिन्न बैंकको रकम चोरी गर्ने, अश्लिल सामाग्री देखाएर ‘ब्ल्याकमेलिङ’ गर्ने, अनलाइन जुवा खोलाउने लगायतका अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गर्न चिनबाट ५० जनाको टोली नेपाल आएको छ । उनीहरुले पक्राउ परेका चिनियाँ नागरिकलाई स्वदेश लगेर सजाय दिनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्