×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्च अदालतलाई सीआईबीको जवाफ- ‘थुनामा रहेकालाई बाहिर निकाल्दा मुद्धा प्रभावित पार्न सक्छन्’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सर्वोच्च अदालतलाई सीआईबीको जवाफ- ‘थुनामा रहेकालाई बाहिर निकाल्दा मुद्धा प्रभावित पार्न सक्छन्’

Artha Sarokar

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ लगायतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने जवाफ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालतमा पठाएको छ ।

शुक्रबार न्यायधीश कुमार चुडालले जारी गरेको कारण देखाउ आदेशको जवाफ दिँदै सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यले थुनामा नराखी अनुसन्धान गर्दा मुद्धा प्रभावित पर्न सक्ने भन्दै जवाफ पठाएकी हुन् ।

यसअघि पक्राउ परेका गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह र धर्मप्रसाद गौतले आफुहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै अदालतले करण देखाउ आदेश दिएपछि सीआईबीले थुनामा राखेरै अनुसन्धान गर्नुपर्ने भन्दै जवाफ पठाएको हो ।

सीआईबीका अनुसार हाल उनीहरुविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान भईरहेको छ । किर्ते कसुरमा अनुसन्धान भइरहेकोले थुनामा नराखी अनुसन्धान गर्दा प्रमाणहरु लोप हुनसक्ने, उनीहरु भाग्न सक्ने र अन्य प्रमाणहरु लुकाउन वा दबाउन सक्ने, अन्य व्यक्तिहरुलाई पनि प्रलोभनमा पार्न सक्ने भएकोले थुनामै राख्नुपर्ने सीआईबीको जवाफमा उल्लेख छ ।

ललिता निवास प्रकरणमा प्रहरीले असार १२ गते ७ जनालाई पक्राउ गरेको थियो । जसमा तीन जनाले सर्वोच्चबाट स्टे अर्डर लिएको पाइएपछि उनीहरुलाई छोडिएको थियो । अन्य ४ जनालाई भने प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी