काठमाडौँ । परिमार्जित एसएलसी अर्थात अहिलेको एसईई परिक्षाको नतिजा आएसँगै विद्यार्थीहरु कलेज दौडाहामा छन् । आफ्नो कलेजमा सकेसम्म बढी विद्यार्थी तान्ने खेलमा कलेजहरुले अनेकौं हतकण्डाहरु अपनाईरहेका छन् । यसैबीच विभिन्न कलेजहरुले विद्यार्थी ल्याईदिए वापत विद्यार्थी ल्याउने शिक्षक, वा कुनैपनि दलाललाई कमिसन दिने रहस्य खुलेको छ । विशेषगरी काठमाडौँका विभिन्न साना कलेजहरुमा यस्तो खेल हुने गरेको छ ।
ब्रिजकोर्ष संचालकहरु यस्तो धन्दाका नाइके
यस्तो मानव तस्करीको रुपमा लिईने विद्यार्थी भर्ना गराएर कमिसन लिने धन्दामा विशेषगरी उपत्यकामा सञ्चालित ब्रिजकोर्ष संचालकहरु छन् । विभिन्न कलेजहरुका प्रतिनिधिलाई बार्गेनिंङ गरेर ब्रिजकोर्ष संचालकहरुले विद्यार्थीहरुलाई फकाईफुल्याई कुनै कलेजमा भर्ना गरिदिने र सो भर्ना गरिदिएवापत कमिसन लिने गरेको स्रोतको दावी छ । ‘कलेज हेरेर कमिसनको रेट फरक छ । कसैले प्रति विद्यार्थी ५००० देखि १५००० सम्म कमिसन दिने गरेका छन् भने साना कलेजहरुले प्रतिविद्यार्थी २५०० देखि ४००० सम्म कमिसन दिने गरेका छन् । उनका अनुसार यसरि कमिसन उठाएर विद्यार्थी भर्ना गराउनेहरुमा ब्रिज कोर्ष संचालकका अलावा विभिन्न स्कुलका शिक्षकहरुपनि छन् । ‘विद्यार्थीसँग नजिक भएका केहि शिक्षकहरु यस्तो धन्दामा लागेका छन् । कलेजसँग कुरा गर्ने अनि विद्यार्थीहरुलाई फकाएर भर्ना गराउने । त्यसपछी कलेजबाट कमिसन लिने । यस्तो धन्दा बर्षौंदेखि चलीआएको छ ।’ उनले भने ।
ठुलै कलेजहरुको फरक तरिका तर उस्तै खेल
यता काठमाडौँका केहि महंगा कलेजहरुले पनि फरक तरिका अपनाएर उस्तै खेल खेल्ने गरेका छन् । ‘ठुला कलेजहरुले ठुलै र महंगा स्कुलहरुमा ‘सेटिङ’ मिलाएका हुन्छन् । यसरी ती स्कुलहरुबाट आफ्नो कलेजमा आएका विद्यार्थीका टाउका गनेर स्कुलका प्रतिनिधीहरुलाई कमिसन दिने गरिएको छ । यतिसम्मकि विद्यार्थी उठाउने यस्तो खेलमा कतिपय स्कुल रकलेजका प्रिन्सिपलहरुलेनै बार्गेनिङ गर्ने गरेका छन् । यसो त उपत्यकाका केहि कलेज संचालकहरुपनि यस्तो हुने गरेको स्वीकारछन् । ‘हामीलेपनि यस्तो हुन्छ भन्ने सुनेका / देखेका छौं ।’ आफ्नो नाम नबताउने सर्तमा एक कलेज संचालक भन्छन्, ‘कमिसन पाए मेरो आफ्नै भाइले आफ्नो स्कुलका विद्यार्थी अन्त पठाउँछ । मैले कमिसन नदिई सुख नै छैन । के गर्नु ?’ उनका अनुसार यसरी कमिसनको भाग भन्दै कक्षा ११ मा मात्र होइन कक्षा १२ मा विद्यार्थीले तिरेको शुल्कमा पनि उठाउने गरिएको छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्