काठमाडौं । बैंकको कर्मचारी हुँ भनी अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । मोरङ जिल्ला धनपालथान गाउँपालिका वडा नं. १ घर भएका २१ वर्षीय महमद मोजाहीद मिया पक्राउ परेका हुन् ।
उनले पिडितहरुलाई मोबाईल नम्बर ९७६२२२५५४२, ९७६२५१२८४१ बाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै ११ लाख १२ हजार ८ सय ४० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । मियाले बैंक खातासँग वालेट आइडी Linkup खाता नविकरण , KYC Form Update, Statement Verify, Secure Transfer Charge नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरीदिने बहाना बनाई पिडितहरुकै बैंक खाता लगायत OTP कोड समेत लिई खातामा पहुँच पुर्याई अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम रकमान्तर गरेको पाइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाएको जनाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्