×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । जिल्ला सिन्दुपल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्ने ३२ वर्षीय प्रकाश श्रेष्ठ र सुनसरी जिल्ला बराहक्षेत्री नगरपालिका वडा नं ७ घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । कोटेश्वर बस्ने प्रकाश श्रेष्ठले योगेन्द्र बहादुर साउदलाई पोल्याण्ड पठाईदिन्छु र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा परेर पिडितबाट ८ लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यस्तै, सुर्यविनायक बस्ने मौसम मग्रातीले टोकमान गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले श्रेष्ठलाई साउन ९ गते जोरपाटी नारायणटारबाट र मग्रातीलाई साउन १० गते काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी