×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ६ लाख ठगीको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ६ लाख ठगीको आरोप

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला उदयपुर ताप्ली गाउँपालिका वडा नं.४ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई पक्राउ परेका हुन् ।

उनले समर बहादुर परियारलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु र क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए । उनले पिडितबाट पटकपटक गरी ६ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलिले उनलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी