×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्युरिअसवीको ७ दिने ‘गाइड फर बिगिनर्स २.०’ वर्कसप सुरु, ३३ तस्विरमा हेर्नुहोस् वर्कसपका खास झलकहरु (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्युरिअसवीको ७ दिने ‘गाइड फर बिगिनर्स २.०’ वर्कसप सुरु, ३३ तस्विरमा हेर्नुहोस् वर्कसपका खास झलकहरु (फोटो-कथा)

Artha Sarokar

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्युरिअसवीको वर्कसप सुरु भएको छ । मंगलबारदेखि ललिपुरको आइओई पुलचोक क्याम्पसमा सो वर्कसप सुरु भएको हो । ७ दिनसम्म सञ्चालन हुने उक्त वर्कसपमा उद्यमी र उद्यमशीलताको विषयमा सिकाइनेछ ।

वर्कसपको पहिलो दिन लोटस होल्डिङका निर्देशक अजित विक्रम शाह मुख्य वक्ता (प्रशिक्षक)का रुपमा रहेको थिए । उनले वर्कसपमा उद्यमशीलता के हो ? उद्यमी को हुन् ? भन्ने विषयमा विशेष प्रशिक्षण गराएका थिए । यसका साथै उनले आफ्नो जीवन यात्रा, उदाहरण तथा प्रेरणादायी विभिन्न कथाहरु पनि प्रस्तुत गरेका थिए ।

यसका साथै वर्कसपमा विचार तथा अवसरको विश्लेषण, समस्या र समाधानका साथै उद्यमीको उद्धेश्य, लक्ष्य र दृष्टीको विषयमा पनि विशेष छलफल गरिएको थियो । त्यस्तै, उनले स्टार्टअपका लागि वर्कसपमा सहभागीहरुलाई विभिन्न टिप्सहरु पनि दिएका छन् । वर्कसपमा सहभागी र प्रशिक्षकबीच विशेष अन्तरक्रिया पनि भएको थियो ।

७ दिने उक्त वर्कसपमा उद्यमशीलताका सबै व्यवहारिक पक्षलाई समेट्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । यसका साथै वर्कशपले सहभागीहरुबीच उद्यमशीलताको मानसिकता विकासमा प्रेरित गर्नुका साथै यसतर्फ नयाँ पिढि तथा युवाहरुको ध्यान केन्द्रित गर्ने जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी