×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्युरिअसवीको ७ दिने ‘गाइड फर बिगिनर्स २.०’ वर्कसप सम्पन्न, तस्विरमा हेर्नुहोस् सम्पन्नताका खास झलकहरु (फोटो-कथा)

PRIME CA

क्युरिअसवीको ७ दिने ‘गाइड फर बिगिनर्स २.०’ वर्कसप सम्पन्न, तस्विरमा हेर्नुहोस् सम्पन्नताका खास झलकहरु (फोटो-कथा)

१३ श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । क्युरिअसवीको ७ दिने ‘गाइड फर बिगिनर्स २.०’ वर्कसप सम्पन्न भएको छ । आइतबार वर्कसप सञ्चालनको सातौँ दिनमा एक विशेष कार्यक्रमकाबीच वर्कसप सम्पन्न भएको हो । सात दिनसम्म सञ्चालन भएको उक्त वर्कसपमा उद्यमी र उद्यमशीलताको विषयमा सिकाइएको थियो ।

वर्कसपको पहिलो दिन प्रशिक्षका रुपमा रहेका लोटस होल्डिङका निर्देशक अजित विक्रम शाहले उद्यमशीलता के हो ? र उद्यमी को हुन् ? भन्ने विषयमा सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए । वर्कसपको दोस्रो दिन उत्पादको विकास र बजारिकरणका विषयमा इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकका सीईओ केशव नेपालले विशेष सिकाई तथा अनुभव सेयर गरेका थिए ।

त्यस्तै, वर्कसपमा पेडाल ग्रुपका सीईओ विज्ञन गुप्ता, काष्ठकलाकी संस्थापक स्वस्तिका राजभण्डारी, अफरिङ हेप्पिनेसका संस्थापक सन्तोष पाण्डे र चार्टर्ड एकाउन्टेन्ट्समा १५ वर्ष अनुभव बटुलेका सीए डोलराज पौडेलले पनि प्रशिक्षण दिएका थिए । योसँगै वर्कसपको अन्तिम दिन सहभागीहरुबीच ‘स्टार्टअप आईडिया वक्तित्वकला प्रतियोगिता’समेत आयोजना गरिएको थियो । जसमा ‘जोड’ टिम प्रथम भएको थियो । त्यस्तै, टिम ‘शब्दमृत’ द्धितीय र टिम ‘द म्याप’ तृतीय भएका छन् ।

प्रतियोगिताको निर्याणकका भूमिकामा गोल्यान ग्रुपका कार्यकारी निर्देशक शक्ति गोल्यान, गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल, सीईआईका संस्थापक प्रतिक कुँवर र उद्यमी एवम् अनुसन्धानकर्ता जुना माथेमा रहेका थिए । वर्कसपको समापन सहारोहमा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान, उद्यमी एवम् सामाजिक कार्यकर्ता ईभाना मानन्धर, मिस्टर नेपाल डा.सन्तोष उपाध्याय, युजी केकका संस्थापक किरन तिम्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बिराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: