Skip to content
LAXMI SUNRISE BANK

क्युरिअसवीको आयोजनामा ‘उधमी गाइड वर्कसप’ आयोजना हुँदै, के-के सिकाइन्छ ?

अर्थ सरोकार

काठमाडौं । क्युरिअसवीले ‘The Entrepreneur’s Guide For Beginners’ कार्यक्रमको आयोजना गर्ने भएको छ । साउन २ गते सोमबारदेखि क्युरिअसवीले IOE पुल्चोक क्याम्पसमा  ७ दिने वोर्कशप आयोजना गर्ने भएको हो ।

उक्त वोर्कशपले उद्यमशीलताका सबै व्यवहारिक पक्षलाई समेट्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । यसका साथै वर्कशपले सहभागीहरुबीच  उद्यमशीलताको मानसिकता विकासमा प्रेरित गर्नुका साथै यसतर्फ नयाँ पिढि तथा युवाहरुको ध्यान केन्द्रित गर्ने जनाएको छ ।

सो कार्यक्रममा लोटस होल्डिङका डाइरेक्टर अजीत बिक्रम शाह, वर्ल्डलिंकका सीइओ केशव नेपाल, पेडल ग्रुपका सीइओ बिज्ञान गुप्ता, काष्ठकलाकी संस्थापक स्वस्तिका राजभण्डारी, अफरिङ्ग ह्याप्पिनेसका संस्थापक सन्तोष पाण्डे, सिए डोलराज पौडेल, अफरिङ्ग ह्याप्पिनेसका सह-संस्थापक निरज काफ्ले, आइएमई ग्रोपका सीइओ हेमन्त पुरानिक र केएफएका कार्यकारी अध्यक्ष रेस्था झाको उपस्तिथी रहने जनाइएको छ ।
2.O Latest Info

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK