काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रबर्द्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहको उद्धघाटन गर्दैउनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु/नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताएका थिए । साथै, प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमीकम्जोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन/नियमहरु बन्नेमा आफु विश्वस्त भएको बताए ।
महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ/संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान समेत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्