काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ४ करोड खर्चेर बनाएको विद्यालयको भवन उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमकाबीच प्रसाईंले झापाको चारपानेस्थित मोहनमाया माध्यामिक विद्यायलको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।
विशेषत अपाङ्गता भएका (कान सुन्ने, आँखा नदेख्ने) विद्यार्थीलाई सहज होस् भनी उक्त विद्यालय स्थापना गरेको प्रसाईंले बताएका छन् । ‘यो विद्यालय कान सुन्ने, आँखा नदेख्ने विद्यार्थीका लागि लक्षित छ ।’, प्रसाईंले भने, ‘यसले यस्ता विद्यार्थीलाई शिक्षा आर्जन गर्न सहयोग गर्नेमा विश्वस्त छु ।’
प्रसाईंका अनुसार उक्त १६ कोठे विद्यालय बनाउन करिब ४-५ करोड रुपैयाँ खर्च भएको छ । जुन खर्च सम्पूर्ण आफ्नो व्यक्तिगत तर्फबाट भएको प्रसाईंले बताएका छन् ।
उक्त विद्यालयको उद्घाटनसँगै सयौँ नागरिकहरुले प्रसाईंलाई धन्यवाद दिएका छन् । विद्यालय स्थापना भएसँगै अब कान नसुन्ने र आँखा नदेख्ने विद्यार्थीहरु पनि खुसी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्