Skip to content
LAXMI SUNRISE BANK

शनिबार काठमाडौंमा विद्युत् अवरुद्ध, कहाँकहाँ हुन्छ लोडसेडिङ?

अर्थ सरोकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंको विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै नेपाल विद्युत प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत बन्द हुने जनाएको हो ।

टेकू सबस्टेसन स्तरोन्नती भइरहेको जनाउँदै चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत प्रभावित हुने जनाएको छ । भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्मका क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुनेछ ।

त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वल्र्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वल्र्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्मका क्षेत्र प्रभावित हुनेछ ।

पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्र पनि प्रभावित हुनेछ । बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK