काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार डलरको भाउमा सामान्य गिरावट देखिएको छ । युरो,पाउण्ड रियाल लगायतका विदेशी मुद्राको भाउ घटेर आएको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा र्निधारण गरेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः