×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Artha Sarokar

११ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार युरो र पाउण्ड दुबैको विनिमय दर हिजोको तुलनामा बढेर आएको छ । राष्ट्र बैंकले बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा र्निधारण गरेको छ । हिजो पाउण्ड एक डलरको खरिद दर १६७ रुपैयाँ तोकेको थियो ।

बिहीबार दुई रुपैयाँ बढीले पाउण्डको भाउ बढेको छ । आज युरो पनि झन्डै दुई रुपैयाँले बढेर आएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी